साइक्लिङ प्रतियोगितामा विभागिय खेलाडीको वर्चस्व
रोड रेस मास स्टार्टमा पुरुषतर्फ गण्डकीलाई स्वर्ण पदक
पाेखरा | कात्तिक २, २०७९
पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा विभागिय खेलाडीले वर्चस्व राखेका छन् । जसअन्तरगत नेपाल आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ आर्मीले ४, एपिएफले ३ र बागमतीले १ पदक जितेको छ । कास्य पदक तर्फभने एपिएफले ४, आर्मीले ३ र गण्डकीले १ पदक जित्न सफल भएको छ ।
विधागततर्फ हेर्ने हो भने पुरुष महिला गरि नेपाल आर्मीले डाउन हिलमा २, इन्डिभिज्युअल टाइम ट्रायलमा १ र रोड रेस मास स्टार्टमा १ गरि ४ स्वर्ण पदक जितेको छ । त्यस्तै एपिएफले क्रस कन्ट्रीमा १ र इन्डिभिज्युअल टाइम ट्रायलमा १ गरि २ स्वर्ण पदक जितेको छ । त्यस्तै बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन् ।
साइक्लिङको रोड रेस मास स्टार्टमा पुरुषतर्फ गण्डकी र महिलातर्फ आर्मीलाई एक–एक स्वर्ण
आज (बुधबार) पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल भएका छन् ।
त्यस्तै उक्त दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेकका छन् । त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ८६१ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् ।
आजै भएको महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन् ।
त्यस्तै एपिएफकी हुमी बुढामगरले उक्त दुरी १ घण्टा २५ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । त्यसैगरि १ घण्टा २९ मिनेट ३८ सेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकी मञ्जु कुमारी खड्काले कास्य पदक जितेकी छन् ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

